+
+
Shares

प्रधानमन्त्रीको निर्देशन- निर्वाचन बहिष्कारका नाममा हुने धन्दामा कडाइ गर्नु

प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते २०:४६

९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा बिथोल्ने प्रयास हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । शनिबार बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले बहिष्कारका नाममा जनतालाई आतंकित पार्ने र अवैध रकम असुली गर्ने काम हुनसक्ने भन्दै सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिएकी हुन् ।

‘अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’

देशको राजनीतिक निकासका लागि निर्वाचन सफल बनाउनुको विकल्प नरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । उनले भनिन्, ‘निर्वाचन आफैमा जित-हारको प्रतिस्पर्धा हो, त्यसैले सम्भावित झडप र विवादप्रति सुरक्षा निकाय चनाखो हुनुपर्छ ।’ जस्तोसुकै चुनौती आए पनि राज्यले सामना गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘यो देश हामी आफैले बनाउने हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?