+
+
Shares

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते ११:३७

१२ फागुन, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको हो ।

यही फागुन २१ गतेको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल चलिरहेको छ । छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी छन् ।

देशका कतिपय क्षेत्रमा रहेको सुरक्षा संवेदनशीलताको विषयमा सुरक्षा समितिले समीक्षा गर्दैछ । खासगरी केही दिन अगाडि रौतहटमा दुई समूहबीच झडप हुँदा कर्‍फ्यु लगाउनुपरेको थियो । पछि वीरगञ्जमा पनि कर्‍फ्यु लगाइएको थियो ।

निर्वाचन कार्यतालिकाअनुसार  यही फागुन १८ गतेसम्म राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउँछन् । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार यस अवधिमा हुने सुरक्षा संवेदनशीलताको विषयमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा समीक्षा हुनेछ र आवश्यक रणनीति तय गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?