+
+
Shares

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १०:०४

३० कात्तिक, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?