१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् । मंगलबार उपसभापति हुमागाईँले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका छन् ।
हुमागाईँले केही दिनअघि रास्वपा छाडेका थिए । हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेस गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4