+
+
Shares

ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश

कट्टेलको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनी चुनाव बिथोल्न गतिविधिमा लाग्ने आशंकाका आधारमा फागुन ६ गते पक्राउ गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १९:३१

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको बन्दीप्रत्यक्षीकरण रिटलाई स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो ।

कट्टेलको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनी चुनाव बिथोल्न गतिविधिमा लाग्ने आशंकाका आधारमा फागुन ६ गते पक्राउ गरेको थियो ।

बुबा पक्राउ परेपछि फागुन ८ गतेका कट्टेलका छोरा रुपेशले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै मंगलबारको इजलाशले रिहा गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?