+
+
Shares

झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति : आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १३:१९

१७ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताएका छन् ।

मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘झुटा प्रचारका लागि सामाजिक सञ्जालको अति प्रयोग भइराखेको छ । हामीले नियमन र नियन्त्रणका लागि काम गरिरहेका छौ,’ भण्डारीले भनेका छन्, ‘तथापि सञ्चार जगतको पनि गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा छ ।’

उनका अनुसार एआईसिर्जित डिपफेक सामग्रीको प्रचार ज्यादा छ । निर्वाचन आयोगको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ हानिकारक सूचना ट्र्याक गरिएको छ । ट्र्याक गरिएका त्यस्ता सूचनाउपर कारबाही प्रक्रिया अगाडि बढेको छ ।

विधुतीय कारोबार ऐन २०६३ आकर्षित हुनेको हकमा कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ ।

निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ ।

प्रेस काउन्सिल ऐन २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?