+
+
Shares

हिउँ पन्छाएपछि नारा सडक सञ्चालनमा

उत्तरी नाम्खा गाउँपालिका- ५ स्थित नारा लेककाे हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १४:५१

१७ फागुन, हुम्ला । हिमपातका कारण अवरुद्ध नारा सडक खण्ड सडक सञ्चालनमा ल्याइएको छ ।

उत्तरी नाम्खा गाउँपालिका- ५ स्थित नारा लेककाे हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ४ हजार ९४९ मिटरको उचाइमा रहेकाे नारा लेककाे हिउँ पन्छाउने काम सुरू भएकाे हाे।

कर्णाली करिडोर हिल्सा सिमकाेट सडक याेजना कार्यालय हुम्लाले नारा लेककाे हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध भएकाे सडक,खुलेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

आइतबार हिउँ पन्छाएपछि हिल्सा नाका हुँदै लिमी आउजाउ गर्न सहज भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।

यस्तै गरी नाम्खा गाउँपालिका-६ काे ५ हजार २ मिटर उचाइको न्यालु लेककाे हिउँ पन्छाउन नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जाेर तामाङको नेतृत्वको टोली त्यसतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?