+
+
Shares

इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनीसहित ३० उच्च इरानी अधिकारी मारिएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:२८

१७ फागुन , काठमाडौं । इजरायलको च्यानल १२ ले शनिबार इरानमाथि गरिएको प्रारम्भिक हवाई आक्रमणको पहिलो आधा मिनेटमै सर्वोच्च नेता अली खामेनीसहित ३० जना वरिष्ठ इरानी अधिकारीहरू मारिएको दाबी गरेको छ ।

इजरायली राजनीतिक र सुरक्षा निकायहरूले यो कारबाही केवल सुरुवात मात्र भएको र अझै केही दिनसम्म सैन्य अभियान जारी रहने स्पष्ट पारेका छन् ।

इजरायली सञ्चारमाध्यमहरूले यस युद्धमा इजरायल र अमेरिकी सेनाबीचको कडा सहकार्य र सटीक गुप्तचरी सूचनाको प्रशंसा गरेका छन्, जसका कारण यति ठूलो सफलता मिलेको उनीहरूको तर्क छ ।

यद्यपि, केही इजरायली रक्षा विश्लेषकहरूले अमेरिका र इजरायलबीच आगामी दिनमा मतभेद हुनसक्ने चेतावनी दिएका छन् ।

रक्षा विश्लेषक योभ लिमोरका अनुसार इजरायल यो युद्धलाई हप्तौंसम्म लम्ब्याउन तयार भए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा त्यति धैर्यता नरहन सक्छ ।

वरिष्ठ पत्रकार नहुम बार्नियाले पनि अमेरिकाका लागि यो रोजाइको युद्ध भए तापनि इजरायलका लागि यो अस्तित्वको लडाइँ भएको उल्लेख गर्दै अमेरिकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?