+
+
Shares

चुनावमा नगद वा जिन्सी वितरण गरे हुनेछ यस्तो कारबाही

निर्वाचन आयोगका अनुसार चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन । यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न नहुने र उल्लंघनमा १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुने बताएको छ।
  • उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य व्यक्तिले मतदातालाई मतदान गर्न वा नगर्न दबाब दिन नपाउने आयोगले स्पष्ट पारेको छ।
  • मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य दिन पाइँदैन र सार्वजनिक भोज आयोजना गर्न पनि नहुने आयोगले जनाएको छ।

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगका अनुसार चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन । यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।

उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि दबाब दिन हुँदैन ।

मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य दिन पाइँदैन । बकसको रुपमा नगद वा जिन्सी दिन, सार्वजनिक भोज आयोजना गर्न पनि पाइँदैन । मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न हुँदैन । चुनाव प्रभावित पार्ने उदेश्यले आयोजना गरिएको सार्वजनिक भोजमा मतदाता पनि सहभागी हुन हुँदैन ।

यस्तो कार्य गरेको पाइएको खण्डमा १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने आयोगले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?