News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ।
- मुग्लिङ–पोखरा सडकको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको छ।
- मादी पुल निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र ठेक्का सम्झौता २०७७ माघ १७ मा भएको थियो।
१९ फागुन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकालले सो जानकारी दिएका हुन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ–पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।
सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडकखण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।
मुग्लिङ–पोखरा सडकखण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।
प्रतिक्रिया 4