+
+
Shares

भारतीय हवाई सेवा कम्पनीहरूद्वारा मध्यपूर्वी देशमा उडान सुरु

मध्यपूर्वी देशमा नेपाल, भारतसहित दक्षिण एसियाली मुलुकका लाखौँ नागरिक रोजगारीका सिलसिलामा बस्दैआएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:१९

१९ फागनु, काठमाडौं । भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूले द्वन्द्वका कारण मध्य पूर्वी देशहरूमा रोकिएको उडान सेवा आंशिक रूपमा सुरु गरेका छन् । मध्यपूर्वमा अड्किएका हजारौँ भारतीय नागरिकलाई स्वदेश फर्काउन सीमित व्यावसायिक उडान सुरु गरिएका छन् ।

भारतीय इन्डिगो एयरलाइन्स, एयर इन्डिया एक्सप्रेसलगायतले मंगलबारदेखि आंशिक उडान सुरु गरेका छन् । इन्डिगोले मध्यपूर्वका देशहरूमा हवाई सेवा सञ्चालनलाई क्रमिक रूपमा सामान्य बनाउँदै लैजाने बताएको छ ।

यस्तै एयर इन्डियाले ओमानको राजधानी मस्कट जाने उडानहरू पुन: सुरु गर्ने बताएको छ ।

यद्यपि बहराइन, कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जाने उडानहरू भने हालसम्म स्थगित नै रहेको एयर इन्डियाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहराइन, साउदी अरेबिया र जोर्डनसहित मध्यपूर्वका धेरै नेताहरूसँग फोनवार्ता गरेको जनाउँदै सामाजिक सञ्जालमार्फत भारतीय नागरिकको संरक्षणको लागि सहयोगी भुमिका खेलिदिएकोेमा धन्यवाद व्यक्त गरेका छन् ।

आक्रमणमा अबु धाबीमा एकजना नेपाली र बहराइन र संयुक्त अरब इमिरेट्समा दुई बाङ्ग्लादेशीसहित धेरै दक्षिण एसियाली नागरिकको मृत्यु भएको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सोमबार आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगसमेत फोनवार्ता गरी पछिल्ला घटनाक्रमको बारेमा चिन्ता व्यक्त गरेर भारतीय नागरिकको सुरक्षा प्राथमिकताबारे जानकारी लिएका थिए ।

मध्यपूर्वी देशमा नेपाल, भारतसहित दक्षिण एसियाली मुलुकका लाखौँ नागरिक रोजगारीका सिलसिलामा बस्दैआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?