News Summary
Generated by OK AI. Editorially reviewed.- भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ।
- जनवरी २०२६ मा सो विमानस्थलबाट आन्तरिक उडानमा ३८३ प्रस्थान र ३८३ आगमन भएका छन्।
- आन्तरिक उडानमार्फत कुल ४३ हजार ७३५ यात्रुले सेवा लिएका छन् र कुल ७६६ जहाजको उडान/अवतरण भएको छ।
२० फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जनवरी २०२६ मा एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको पाइएको छ ।
विमानस्थलको तथ्यांक अनुसार सोहीकारण यो विमानस्थलबाट सो महिनामा एक जना यात्रुले समेत सेवा लिएनन् । आन्तरिकमा भने कुल ३८३ प्रस्थान र ३८३ नै जहाजको आगमन भएको छ ।
आगमनतर्फ २२ हजार ९५९ यात्रुले सेवा लिएका छन् । प्रस्थानतर्फ २० हजार ७७६ जना यात्रुले सेवा लिएका छन् । यस प्रकार भैरहवा विमानस्थलबाट आन्तरिक उडानतर्फ कुल ४३ हजार ७३५ यात्रुले सेवा लिएको समेत तथ्यांकले देखाएको छ । यस विमानस्थलमा कुल ७६६ जहाजको उडान/अवतरण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4