+
+
Shares

चुनाव बिथोल्ने कुनै तत्व छैन : निर्वाचन आयोग

निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान नभएको र सुरक्षाको जिम्मा सरकारले लिएको जनाएको छ।
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षाकर्मीको बाक्लो उपस्थिति निर्वाचनको लागि सकारात्मक लक्षण भएको बताउनुभयो।
  • निर्वाचन आयोगले नयाँ मतदाता र प्रभावकारी निर्वाचन शिक्षाले मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने विश्वास लिएको छ।

२० फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म नभएको र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको बताएका हुन् ।

आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले अगाडि भनेका छन्, ‘पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय शुरुदेखि नै थियो । सरकार सुरक्षाको सन्दर्भमा बढी संवेदनशील भएर सुरक्षाकर्मी परिचालन भएको होला तर यो नराम्रो लक्षण होइन ।’

निर्वाचनको पूर्वसन्ध्यामा सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुनुलाई निर्वाचन आयोगले सकारात्मक र राम्रो लक्षणको रूपमा लिएको पनि उनले बताए ।

भण्डारीले सुरक्षाकर्मीको बाक्लो उपस्थिति अति संवेदनशील अवस्थाको संकेत नभई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता भएको बताए । उनले सम्भावित घटनाहरूलाई बेलैमा पहिचान गरी नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण तय गर्न सुरक्षाकर्मी खटिएको पनि बताए ।

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान प्रतिशत बढ्ने अनुमान पनि उनको छ । नयाँ मतदाता र युवाहरूको प्रवेशले मतदान प्रतिशत बढ्ने र प्रभावकारी निर्वाचन शिक्षाका कारण बदर मतको प्रतिशत उल्लेख्य रूपमा घट्ने विश्वास आयोगले लिएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?