+
+
Shares

रवि र बालेनले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:३३

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् ।

रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका छन् ।

रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् ।

मतपत्र खसालिसकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।

रास्वपाका बरिष्ठ नेता बालेन शाहले भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान ७ बजे नै मतदान गर्न पुगेका थिए । उनी अन्य मतदाताहरुसँगै लाइनमा बसेर आफ्नो पालो कुरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रिएका बालेनले पनि आफूलाई भोट हाल्न पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?