२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले प्युठानबाट मतदान गरेका छन् ।
उनले बिहीबार बिहान ऐरावती–५ को अमर ज्योति प्राथमिक विद्यालय, ढावाचौरमा मतदान गरेका हुन् । पोखरेल प्युठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
पोखरेलसँग नेकपा एमालेका सूर्य थापा, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का, रास्वपाका सुशान्त वैदिक, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी लगायतले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा प्युठानबाट कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल विजयी भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4