२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–१ को एक मतदान केन्द्रको एक केन्द्रमा केहीबेर रोकिएको मतदान फेरि सुरु भएको छ ।
बिहान केहीबेर सो क्षेत्रमा केही युवाहरू उत्रिएर अवस्था तनावग्रस्त बनाउन खोजेका थिए ।
लगत्तै, मतदान रोकेर प्रमुख जिल्ला अधिकारी रामराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासहित सो मतदान केन्द्रमा पुगेका थिए ।
उनीहरूसमक्ष स्थानीयले आफूहरू त्रसित रहेको मतदान गर्न गाह्रो भएको गुनासो गरे । मतदाताहरूलाई सीडीओ र प्रहरी प्रमुखले ढुक्क रहन आग्रह गरेका छन् ।
यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको पालिका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4