२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानका क्रममा कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा सूचना शेयर गर्दै दिउँसो २ बजेसम्म कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको जनाएको हो ।
कञ्चनपुरमा जम्मा मतदाता संख्या तीन लाख १४ हजार ३८५ छ । जसमध्ये एक लाख ३१ हजार ५७७ मत खसेको छ । जुन ४२ प्रतिशत हुन आउँछ ।
स्थानीय प्रशासनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ४२ हजार ९१२ मत खसेको छ । जसमध्ये महिला २२ हजार ५२७ र पुरूष २० हजार ३८५ छन् । यहाँ कुल मतदाता संख्या एक लाख एक हजार ७२४ छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा ४७ हजार ४५ मत खसेको छ । जसमध्ये २४ हजार ९४५ महिला र २२ हजार १०० पुरूष रहेका छन् । कञ्चनपुर–२ मा एक लाख ९ हजार ५७४ मतदाता छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा जम्मा मतदाताको संख्या एक लाख ३ हजार ८७ मतदाता छन् । जसमध्ये अहिलेसम्म ४१ हजार ६२० मत खसेका छन् । जसमा महिला २२ हजार ३२१ र पुरुष १९ हजार २९९ छन् ।
प्रतिक्रिया 4