२१ फागुन, काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा दिउँसो ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बजेसम्म ४१ हजार २२२ मत मात्रै खसेको छ ।
जसमा १६ हजार ८१४ पुरुष र २४ हजार ४०८ महिला मतदाताले मतदान गरेका छन् । यो कुल मतदाताको ३२.१ प्रतिशत मात्रै हुन आउँछ ।
डोटीको कुल मतदाता संख्या एक लाख २८ हजार ३९९ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4