+
+
Shares

काठमाडौं-९ : मतपेटिका बुझियो, आजै गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २२:५९

२१ फागुन काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मतपेटिका संकलनको काम सकिएको छ ।

मतपेटिक संकलन भएपछि अब केहीबेरमा सर्वदलीय बैठक बसेर रातिदेखि मतगणना गरिने भएको छ ।

काठमाडौं-९ की निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार केहीबेरमा सर्वदलीय बैठक बस्ने छ । त्यसपछि मतगणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।

‘हामीले बल्ल मतपेटिका संकलन गर्यौं, अब मनगणना सर्वदलीय बैठक बसेर आजै रातिदेखि सुरु हुन्छ,’ घिमिरेले भनिन् ।

काडमाडौं-९ मा कांग्रेसबाट नानुमैया बास्तोला, एमालेबाट अजयक्रान्ति शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट राधाकृष्ण महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट दिलकुमार कार्की लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?