+
+
Shares

काठमाडौं–९ मा राष्ट्रिय जनमोर्चाका दानीले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १७:१६

६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–९ बाट राष्ट्रिय जनमोर्चा रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन् ।

दानीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

दानी ‘मै बनाउँछु मेरै लागि अस्पताल’ अभियानका अभियन्ता समेत हुन् ।

पत्रकारितामा लामो अनुभव रहेका रोशन दानी प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?