+
+
Shares

अहिलेसम्म २ हजार ९३५ जनाको उम्मेदवारी दर्ता

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको पछिल्लो विवरण दिएको छ । निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतका अनुसार साँझ ६ बजेसम्मको अपडेट अनुसार जम्मा उम्मेदवार २ हजार ९३५ रहेको छ । जसमा पुरुष २ हजार ५८९ र महिला ३३६ जना रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:४४

६ माघ, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको पछिल्लो विवरण दिएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार साँझ ६ बजेसम्मको अपडेट अनुसार  २ हजार ९३५ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष २ हजार ५८९ र महिला ३३६ जना छन् ।

साथै, अपांगता भएकाहरू ८५ जना र पीछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ ।

अन्तिम विवरण आउन अझै समय लाग्ने आयोगले जनाएको छ । उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजे सम्मत तय भएको थियो । तर, निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयमा प्रवेश गरेकालाई त्यसपछि पनि उम्मेदवारी दर्ता गर्न दिइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?