News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन्।
२२ फागुन, काठमाडौं । रूपन्देही २ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले फराकिलो मतान्तरले पछि पारेका छन् । अहिलेसम्मको मत गणना अनुसार सुलभले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
खरेलले २७८१ मत प्राप्त गर्दा पौडेलले जम्मा ७०९ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मा ल्याएर पछ्याइरहेका छन् ।
रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो । यो क्षेत्रमा उनीहरू बाहेक नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे, जनता समाजवादी पार्टीका दीपक गुरूङ, जनमत पार्टीका रमेश लोध सहित ३९ जना प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4