News Summary
Generated by OK AI. Editorially reviewed.- नवलपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजे कुमार्वती बहुमुखी क्याम्पसमा सुरु हुने भएको छ।
- जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ र १ लाख ६४ हजार ७७८ मतदाताले मतदान गरेका छन्।
- मतदाता मध्ये महिला ९३ हजार ७०६, पुरुष ७१ हजार ८० र अन्य २ जनाले मतदान गरेका थिए।
२२ फागुन, नवलपुर । यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना साढे १० बजेबाट सुरु हुने भएको छ । मतगणना स्थल कुमार्वती बहुमुखी क्याम्पसमा सर्वदलीय बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६१.३६ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २ लाख ६८ हजार ५२६ मतदातामध्ये १ लाख ६४ हजार ७७८ जनाले मतदान गरेका छन्।
खसेको मतमध्ये महिला मतदाता ९३ हजार ७०६, पुरुष ७१ हजार ८० तथा अन्यतर्फ २ जनाले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4