+
+
Shares

मोरङ-२ मा कांग्रेसका मिनेन्द्र रिजाल तेस्रो स्थानमा, रास्वपाको अग्रता बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीले ५ हजार ७६७ मतसहित अग्रता बनाएका छन्।
  • नेपाली कांग्रेसका डा. मिनेन्द्र प्रसाद रिजाल १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन्।
  • एमालेका दिलीपकुमार अग्रवाल १ हजार ९८० मतसहित दोस्रो स्थानमा छन्।

२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर- २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् ।

मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् । कार्कीले ५ हजार ७६७ मत प्राप्त गर्दा दोस्रो स्थानमा पछ्याइरहेका एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले १ हजार ९८० मत पाएका छन् ।

नेपाली कांग्रेस नेता रिजाल भने १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टीका ७० वर्षीय उम्मेदवार चन्द्र वीर राईले ३०२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित रिजाललाई यसपटकको निर्वाचनमा नयाँ शक्ति भारी देखिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?