+
+
Shares

गुल्मी-२ : गोकर्ण विष्टले घटाए मतान्तर

इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २२ गते २०:४७

 २२ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले लगातार अग्रता कायम राखेका छन् । मतगणना सुरु भएलगत्तै अग्रता लिनथालेका पन्थीले केही बेरअघिसम्म फराकिलो मतान्तर कामय गरेका थिए ।

तर, साँझ ८ : १० बजे आएको नयाँ मतपरिणामअनुसार एमालेका विष्टले मतान्तर घटाएका छन् । रास्वपाका पन्थीले ५ हजार ७२६ मतसहित अग्रता राखिरहे पनि एमालेका विष्टले ५ हजार ६३१ मत पुर्‍याएका छन् । जसले दुई उम्मेदवारबीचको मतान्तर ९५ मात्रै बाँकी देखिएको छ ।

इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।

यस्तै नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले चार हजार ४७४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ७७७ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?