+
+
Shares

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टले लिए अग्रता, रास्वपाका पन्थी ७५५ मतले पछि

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २२ गते २१:२५

२२ गुल्मी, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।

इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको मतगणना सम्पन्न हुँदा उनले अग्रता लिएका हुन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थीले अग्रता लिइरहेका थिए । तर इस्मा र मुसिकोटको मतगणना सकिँदा परिणाम उल्टिँदै विष्टले अग्रता लिएका हुन् ।

हालसम्मको मतपरिणाम अनुसार एमालेका विष्टले ७,११५ मत प्राप्त गरेका छन्। रास्वपाका पन्थीले ६,३६० मत पाएका छन् भने नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ५,५९५ मत प्राप्त गरेका छन् ।

यससँगै विष्टले पन्थीलाई ७५५ मतले पछि पार्दै अग्रता कायम गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?