२२ फागुन, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार गोविन्द पन्थीले लगातार अग्रता कायम राखेका छन् । मतगणना सुरु भएलगत्तै अग्रता लिनथालेका पन्थीले केही बेरअघिसम्म फराकिलो मतान्तर कामय गरेका थिए ।
तर, साँझ ८ : १० बजे आएको नयाँ मतपरिणामअनुसार एमालेका विष्टले मतान्तर घटाएका छन् । रास्वपाका पन्थीले ५ हजार ७२६ मतसहित अग्रता राखिरहे पनि एमालेका विष्टले ५ हजार ६३१ मत पुर्याएका छन् । जसले दुई उम्मेदवारबीचको मतान्तर ९५ मात्रै बाँकी देखिएको छ ।
इस्मा गाउँपालिकाको मतगणना सुरु भएपछि मतगणना घटेको देखिएको छ । यो एमाले उम्मेदवार विष्टको गृहपालिका पनि हो ।
यस्तै नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले चार हजार ४७४ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ७७७ मत पाएका छन् ।
प्रतिक्रिया 4