News Summary
Generated by OK AI. Editorially reviewed.- झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले १२ हजार ९०१ मतसहित करिब ९ हजार मतको अग्रता बनाएकी छन्।
- नेपाली कांग्रेसका केशवराज पाण्डे तीन हजार १३६ मतसहित दोस्रो र नेकपा एमालेका रामचन्द्र उप्रेती दुई हजार ४७४ मतसहित तेस्रो स्थानमा छन्।
- झापाका पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ र त्यहाँ १५ उम्मेदवार छन्।
२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की निशा डाँगीले करिब ९ हजार मतको अग्रता बनाएकी छन् ।
पछिल्लो मत परिणामअनुसार उनले अहिले १२ हजार ९०१ मत ल्याएकी छिन् । उनको निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेशका केशवराज पाण्डे तीन हजार १३६ लिएर दोस्रोमा छन् ।
त्यसैगरी नेकपा एमालेका रामचन्द्र उप्रेती दुई हजार ४७४ सहित तेस्रो स्थानमा छन् । उनीहरूबाहेक अन्य कुनै पनि उम्मेदवारले अहिलेसम्म एक हजार मत कटाएका छैनन् ।
यो निर्वाचन क्षेत्रमा १५ उम्मेदवार छन् । अहिले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4