+
+
Shares

सिन्धुपाल्चोक अपडेट : १ मा मतान्तर घटाउँदै नेकपा, २ मा दुलाल अगाडि

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपामा उम्मेदवार युवराज दुलाल अग्रस्थानमा छन् । उनले ३३९८ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ५११९ मत पाएका छन् र नेकपाका माधव सापकोटाभन्दा ५३८ मतले अगाडि छन्।

२३ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा दुवै क्षेत्रमा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली अग्रस्थानमा छन् ।

उनले हालसम्म ५११९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपामा माधव सापकोटाले ४५८१ मत प्राप्त गरेका छन् । पराजुली सापकोटाभन्दा ५३८ मतले अगाडि छन्।

मतगणनाको सुरुवातमा भोटेकोशी गाउँपालिकाको मत गणना सकिँदा सापकोटा १६८१ मतले पछाडि थिए । तर जुगल गाउँपालिका सकिएर लिसंखुपाखरका तीन वटा वडा गणना हुँदासम्म मतान्तर घट्दै ५३८ मा झरेको हो ।

त्यसैगरी एमालेका सरेश नेपालले ३०६६ मत र कांग्रेसकाजंगबहादुर लामाले २८६३ मत प्राप्त गरेका छन् ।

यता सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपामा उम्मेदवार युवराज दुलाल अग्रस्थानमा छन् । उनले ३३९८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका वंशलाल तामाङले २६९३ मत प्राप्त गरेका छन् । दुलाल तामाङभन्दा ७०५ मतले अगाडि छन् ।

यस क्षेत्रमा १० हजार ९७८ सदर मतमध्ये हालसम्म १० हजार ३४० मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?