+
+
Shares

पर्सा-१ मा रास्वपाका पन्त विजयी

पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ९:५४

२२ फागुन, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।

पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पन्त २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापति भएका थिए ।

४६ वर्षीय पन्त सर्लाही जिल्लामा जन्मिए पनि लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै व्यावसायिक गतिविधिमा संलग्न छन् । उनी होटल तथा पर्यटन क्षेत्रका व्यवसायी हुन्। यसअघि होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका अध्यक्ष रहिसकेका पन्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तथा होटल–पर्यटन समितिका उपसंयोजकका रूपमा पनि सक्रिय थिए।

उनको बाल्यकाल संघर्षपूर्ण रह्यो। तीन वर्षको उमेरमै बाबु गुमाएपछि आमा सँगै रौतहट गएर चन्द्रपुरबाट माध्यमिक तहको शिक्षा पूरा गरे। त्यसपछि पुनः वीरगञ्ज फर्किएर आमासँगै संघर्ष र मेहनत गर्दै व्यवसायिक जीवन सुरु गरेका हुन्।

हाल वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा रहेका पन्त क्लासिक होटल र कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन्। होटल व्यवसायमा आबद्ध रहँदै उनले रास्वपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?