News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील साह कानुले १५ हजार १ सय ७० मतान्तरले विजयी भएका छन्।
- उनले नेपाली कांग्रेसका पूर्वमन्त्री अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका छन्।
- यसअघि पर्सा क्षेत्र नम्बर–१ मा पनि रास्वपाको जीत भइसकेपछि पर्सामा घण्टी चुनाव चिन्हप्रति मतदाताको बलियो समर्थन देखिएको छ।
२२ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्। उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्। यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्।
यसअघि पर्सा क्षेत्र नम्बर–१ मा हरि पन्त विजयी भइसकेपछि क्षेत्र नम्बर–२ मा पनि रास्वपाको जीतले पर्सामा घण्टी चुनाव चिन्हप्रति मतदाताको बलियो समर्थन देखिएको छ। लामो समयदेखि परम्परागत दलहरूको प्रभाव रहेको क्षेत्रमा मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गरेका विश्लेषकहरू बताउँछन्।
कानुको विजय घोषणासँगै वीरगञ्जमा रास्वपाका नेता–कार्यकर्ता तथा समर्थकहरूले उत्सव मनाउन थालेका छन्।
प्रतिक्रिया 4