२३ फागुन, भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् ।
अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् ।
खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले ३७५३ र नेकपाका रामप्रसाद सापकोटाले १३२३ मत पाएका छन् ।
राजीव खत्री पूर्वपत्रका हुन् । निर्वाचनको नजिक उनी रास्वपामा प्रवेश गरेका थिए । विजयी भएपछि खत्रीले मतदाताप्रति आभार व्यक्त गर्दै भक्तपुर–२ को विकास, सुशासन र पारदर्शिताका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4