२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।
पोखरेलको विजयीसँग प्रतिनिधिसभा निर्वाचनमा एमालेको जित संख्या तीन पुगेको छ । यसअघि बाँके-२ र बझाङ-१ मा एमालेका उम्मेदवार विजयी बनेका थिए ।
पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ र नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4