+
+
Shares

प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ।
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत १८ चैतमा ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन्।
  • संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदनपछि नियुक्त हुन्छन्।

२६ फागुन, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ चैतमा अवकाश हुँदैछन् ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै नाम सिफारिस गर्ने अभ्यास छ । तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशहरूको नाम सिफारिस गरेपनि संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।

प्रतिनिधिसभा निर्वाचन भर्खरै सकिएकाले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन । अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो लागेको छैन ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?