+
+
Shares

८ वर्षपछि आफ्नै घर फर्किए अशोक दर्जी, झापाको स्कुलमा थाले पढाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक अशोक दर्जी ८ वर्षपछि आफ्नो परिवारसँग झापास्थित घर फर्किएका छन् र पढाइ सुरु गरेका छन्।
  • संगीतकार टंक बुढाथोकीले अशोकलाई ८ वर्षसम्म भरणपोषण, आश्रय र अभिभावकत्व दिएका थिए।
  • टंकले अशोकको आगामी यात्रामा संगीतकर्मी र कार्यक्रम आयोजकहरूले सहयोग र हौसला दिन आग्रह गरेका छन्।

काठमाडौं । गायक तथा कलाकार अशोक दर्जी ८ वर्षपछि घर फर्किएका छन् । उनलाई अहिलेसम्म भरणपोषण, आश्रय र अभिभावकत्व दिँदै आएका संगीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका हुन् ।

बुढाथोकीले सडकबाट घरमा अपनत्व दिएर अशोकलाई हुर्काउने, बढाउने र शिक्षा दिएका थिए । अशोकलाई लिएर उनले हालै ‘मनबिनाको धन’ फिल्म पनि बनाएका थिए ।

अशोकलाई पहिचान दिलाएका टंकले यसबारे जानकारी दिँदै विगत ४ महिनादेखि अशोक झापास्थित घरमा रहँदै आएको जनाएका छन् । पढाइ पनि झापाकै एक विद्यालयमा थालेको उनले उल्लेख गरेका छन् ।

टंक लेख्छन् :

शुभकामना, आशीर्वाद- अशोक दर्जी बाबु ।

आज यो कुरा यहाँहरू सबैसँग साझा गर्न पाउँदा निकै खुसी लागेको छ । अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णयअनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन् ।

भगवानले जुराइदिनुभएको हाम्रो सम्बन्ध, साथै यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको साथ, हौसला र सहयोगअनुसार मैले पाएको जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गरेको छु भन्ने विश्वास लिएको छु ।

८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन जस्तो लाग्छ ।

गत ३-४ महिनादेखि अशोक आफ्नो परिवारसँग झापा घरमा बस्ने उनकै निर्णयअनुसार त्यहीँ रहँदै आएका छन् र पढाइ पनि झापामा कै एक विद्यालयमा सुरु गरिसकेका छन । अशोक बाबुलाई मैले गर्न सक्ने सङ्गीतिक सहयोग सधैं भइरहनेछ ।

साथै, सम्पूर्ण सङ्गीतकर्मी, निर्माता तथा कार्यक्रम आयोजकहरूलाई उहाँको आगामी यात्रामा सधैंझैँ साथ, सहयोग र हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अशोक दर्जी बाबुको लागि मैले पाएको जिम्मेवारी निभाउन साथ दिनुहुने सम्पूर्ण शुभचिन्तक, सहकर्मी तथा मेरो परिवारप्रति हार्दिक धन्यवाद । विशेष गरेर मेरा छोरा एआर अनि मेरो जीवन सङ्गिनी विष्णु ।

अन्त्यमा, अशोक दर्जी बाबुको उज्ज्वल भविष्यको कामना सङ्गै पढाइ कहिलै नछोड्नु है भन्दै सफलताको लागि धेरै धेरै शुभकामना !

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?