+
+
Shares

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरिने

अस्पतालको क्षमता विस्तार गरी १ सय बेडबाट ३ सय बेडमा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरी अस्पतालको बेड संख्या १ सयबाट ३ सयमा पुर्‍याउने निर्णय भएको छ।
  • नयाँ शैक्षिक सत्रदेखि एमबीबीएमा ५० सिट, नर्सिङमा ३० सिट, बीएस्सी एमएलटीमा २० सिट र नेत्र विज्ञानमा २० सिट सञ्चालन गर्ने तयारी गरिएको छ।
  • शिक्षा मन्त्रालयसँग समन्वय गरी ४३ करोड बजेट परिचालन गर्न सिनेट बैठक यथाशीघ्र आयोजना गर्ने सहमति भएको छ।

१५ चैत, काठमाडौं । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तार गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य केपी खनाल, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतको टोलीले विश्वविद्यालयको स्तरोन्नति गर्ने निष्कर्ष निकालेको हो ।

अस्पतालको क्षमता विस्तार गरी १ सय बेडबाट ३ सय बेडमा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।

नयाँ शैक्षिक कार्यक्रमहरूको सुरुवात गर्न आवश्यक बजेट २ अर्ब ५८ करोड सुनिश्चितता गर्ने भनिएको छ ।

आगामी शैक्षिक सत्रदेखि एमबीबीएमा ५० सिट, नर्सिङमा ३० सिट बीएस्सी एमएलटीमा २० सिट र नेत्र विज्ञानमा २० सिट सञ्चालन गर्ने तयारी गरिएको छ ।

स्वीकृत भएको ४३ करोड बजेट सिनेट बैठक बस्न नसक्दा रोकिएकोमा, शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी यथाशीघ्र बैठक आयोजना गरेर उक्त बजेटलाई परिचालन गर्ने सहमति भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?