News Summary
Generated by OK AI. Editorially reviewed.- हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन्।
- मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन र स्मार्ट हुलाकको काम चाँडो अगाडि बढाउन आग्रह गर्नुभएको छ।
१६ चैत, काठमाडौं । हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरू प्रचलनमा ल्याएको छ । विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरबार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको हो ।
विभागको कार्यालय बबरमहलमा सोमबार ओजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले तीनवटै हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।
सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्र्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्याउन हुलाक सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारको सय बुदे मार्गचित्र अनुरुप कामको गति नयाँ ढंगले बढाउनेगरी कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिए । उनले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गरे ।
मन्त्री डा तिमल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाडो अगाडि बढाउन आग्रह गरे । उनले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ स्प्रीडका साथ सेवा प्रबाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुको पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताइन् ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाक टिकटले अन्तराष्ट्रिय जगतमा नबोल्ने राजदूतको रुपमा महत्वपूर्ण योगदानका गर्ने बताउदैँ हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानहरुको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताइन् ।
सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागकोतर्फबाट स्वागत तथा विभागको कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।
प्रतिक्रिया 4