News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकमा सहकारी पीडितको रकम फिर्ता गर्ने विषयमा छलफल भएको छ।
- तर कुनै निर्णय नभएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए।
- सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने कार्यसूचीमा पनि समेटेको छ।
१६ चैत, काठमाडौं । सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्मा छलफल भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।
उनका अनुसार १ लाखभन्दा कम वाचा भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो ।
‘यो विषय वाचापत्रमा पनि छ । संवेधनशील छौं,’ उनले भने ।
सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा पनि उल्लेख गरेको थियो ।
साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला सरकारले रास्वपाको वाचापत्र अनुसार नै उक्त विषय कार्यसूचीमा समेटिएको बताएको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4