+
+
Shares

राजनीतिक कार्यक्रममा आफ्ना गीत नबजाउन भिटेनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ११:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन र अश्लिल शब्द समेटिएको स्टोरीमार्फत आग्रह गर्नुभएको छ।
  • भिटेनले आफ्नो गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न र तत्काल हटाउन 'मेरो गीत तिमीहरूजस्तो होइन' भन्दै क्रोधपूर्ण आग्रह गर्नुभएको छ।
  • २१ फागुनको संसदीय चुनावमा भिटेनसहित धेरै कलाकारको संगीत सामाजिक सञ्जालदेखि चुनावी अभियानमा प्रयोग गरिएको थियो।

काठमाडौं । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् । इन्स्टाग्राम स्टोरीमार्फत उनले यस्तो कार्यशैलीप्रति आक्रोश पोखेका छन् ।

छाडा र अश्लिल शब्द समेटिएको स्टोरीमा उनले आफ्ना गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न क्रोधपूर्ण आग्रह गरेका हुन् । त्यसरी प्रयोग गरिएका गीतलाई तत्काल हटाउन समेत भनेका छन् ।

उनी भन्छन्, ‘मेरो गीत तिमीहरूजस्तो होइन । अहिले नै डिलेट गर । नत्र राम्रो हुँदैन ।’ हालैको चुनावी प्रचार वा राजनीतिक घटनाक्रममा आफ्ना गीत प्रयोग गरिएपछि भिटेन क्रोधित देखिन्छन् ।

तर, उनका गीत कुन राजनीतिक समूह वा कुन दलको पक्षमा प्रयोग गरियो भन्ने कुरा उनले खुलाएका छैनन् । २१ फागुनको पछिल्लो संसदीय चुनावमा भिटेन मात्र होइन, धेरै कलाकारको संगीतलाई सामाजिक सञ्जालदेखि चुनावी अभियानमा प्रयोग गरिएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?