+
+
Shares

मध्यपूर्व तनाव : भिटेनको कुवेत कन्सर्ट रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १२:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम एसियामा जारी युद्धको कारण नेपाली कलाकार र ब्यान्डले आफ्नो सांगीतिक टूर रोक्न थालेका छन्।
  • कुमा सागर एन्ड द ख्वपः ब्यान्डले टेक्सासको डालसमा हुने कन्सर्ट विमानस्थल बन्दका कारण स्थगित गरेको छ।
  • हिपहप गायक भिटेनले कुवेतमा २० मार्चमा हुने कन्सर्ट पश्चिम एसियाको तनावका कारण स्थगित गरेको सामाजिक सञ्जालमार्फत बताएको छ।

काठमाडौं । पश्चिम एसियामा जारी युद्धको असर नेपाली कलाकारको सांगीतिक कार्यक्रममा पनि देखिन थालेको छ । ब्यान्ड र कलाकारले एकपछि अर्को गरि टूर रोक्न थालेका छन् ।

गतसाता ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डले अमेरिका टूर स्थगित गरेको थियो । मध्यपूर्व संकटले विमानस्थल बन्द भएको परिस्थितीले टेक्सासको डालसमा हुने कन्सर्ट रोकिएको उसले जनाएको थियो ।

चर्चित हिपहप गायक भिटेनले पनि पश्चिम एसियाको तनावको कारण कुवेतमा निर्धारित कन्सर्ट नै स्थगित गरेका छन् । २० मार्चमा कुवेतमा कार्यक्रम तय थियो ।

अर्को सूचना नआएसम्म कन्सर्टको मिति घोषणा नहुने भिटेनले सामाजिक सञ्जालमार्फत गराएका छन् । आयोजक नेपाल कुवेत सरोकार समाजले पनि विज्ञप्तिमार्फत टूर रोकिएको जनाएको छ ।

कन्सर्ट रोकिएपछि दुबै पक्षले दर्शकसँग माफी मागेका छन् । दुई सातादेखि अमेरिका-इजरायल र इरानबीच खाडी क्षेत्रमा युद्ध चलिरहेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?