News Summary
Generated by OK AI. Editorially reviewed.- कुमा सागर एन्ड द ख्वपः ब्यान्डले मध्यपूर्वको द्वन्द्वका कारण अमेरिकाको सांगीतिक भ्रमण स्थगित गरेको छ।
- मार्च ६ मा तय भएको टेक्सास लाइभ कन्सर्ट रद्द गरिएको र टिकट खरिदकर्तालाई रकम फिर्ता गरिने जानकारी दिइएको छ।
- ब्यान्डका सबै सदस्यले गतसाता भिसा प्राप्त गरेका थिए तर अप्रत्याशित परिस्थितिका कारण कार्यक्रम रद्द गर्नुपरेको बताइएको छ।
काठमाडौं । ‘कुमा सागर एन्ड द ख्वपः’ ब्यान्डको पूर्वनिर्धारित अमेरिकाको सांगीतिक भ्रमण स्थगित भएको छ । ब्यान्डले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै टूर स्थगित भएको जानकारी दिएको हो ।
सूचनाअनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण केही विमानस्थल बन्द हुनुका साथै उडानहरू स्थगित भएका छन् । यसका कारण कलाकार र ब्यान्डले निर्धारित तालिकाअनुसार यात्रा गर्न नसक्ने अवस्था बनेको जनाइएको छ ।
यसै कारण मार्च ६ मा हुने तय भएको ‘टेक्सास लाइभ’ कन्सर्ट पनि रद्द गरिएको ब्यान्डले जनाएको छ । आयोजकले पनि सामाजिक सञ्जालबाट यसको जानकारी दिएका छन् ।
टिकट खरिद गरिसकेका दर्शकले आफूले टिकट लिएको स्थानबाटै रकम फिर्तासम्बन्धी जानकारी पाउने जनाइएको छ । ब्यान्डले अप्रत्याशित परिस्थितिका कारण कार्यक्रम रद्द गर्नुपरेको भन्दै दर्शकसँग असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
ब्यान्डको आधिकारिक पृष्ठअनुसार, गतसाता ब्यान्डका सबै सदस्यले भिसा प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4