+
+
Shares

‘युरोभिजन एसिया २०२६’ घोषणा : हिमालय टिभीले नेपालबाट अडिसन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकै प्रतिष्ठित सांगीतिक प्रतियोगिता युरोभिजनको एसियाली संस्करण सन् २०२६ मा थाइल्यान्डको बैंककमा सुरु हुन लागेको छ।
  • नेपालसहित कम्तीमा १० देश सहभागी हुने युरोभिजन एसियामा हिमालय टेलिभिजनले आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ।
  • नेपालमा राष्ट्रिय अडिसन सेप्टेम्बर १९ मा सम्पन्न हुनेछ र विजेताले बैंककमा ग्रान्ड फिनालेमा प्रस्तुति दिनेछन्।

काठमाडौं । विश्वकै प्रतिष्ठित सांगीतिक प्रतिस्पर्धा ‘युरोभिजन’ अब एसियामा विस्तार हुने भएको छ । सन् १९५६ देखि युरोपेली प्रसारण संघ (ईबीयू)ले आयोजना गर्दै आएको यो प्रतियोगिता पहिलोपटक एसियाली संस्करणका रूपमा सन् २०२६ मा सुरु हुन लागेको हो ।

आयोजकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को ग्रान्ड फिनाले आगामी नोभेम्बर १४ मा थाइल्यान्डको बैंककस्थित आइडियालाइभ एरिनामा हुनेछ । यससँगै विश्वकै चर्चित लाइभ म्युजिक शोले एसियामा नयाँ अध्याय सुरु गर्न लागेको हो ।

यस पहिलो संस्करणमा नेपालसहित कम्तीमा १० देश सहभागी हुनेछन् । दक्षिण कोरिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनाम, मलेसिया, कम्बोडिया, लाओस, बंगलादेश, नेपाल र भुटान सहभागी हुने पुष्टि भएको छ । आगामी दिनमा थप देश जोडिने जनाइएको छ ।

नेपालबाट भने हिमालय टेलिभिजनले आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ । सोही टेलिभिजनले नेपालको प्रतिनिधि छनोटका लागि राष्ट्रिय अडिसन आयोजना गर्नेछ र कार्यक्रम प्रसारण पनि गर्नेछ । यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने ठूलो अवसर खोल्ने अपेक्षा गरिएको छ ।

हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले अर्को सातादेखि नेपाल अडिसन थालिने बताए । उनका अनुसार, १९ सेप्टेम्बरमा नेपालको विजेता छनोट हुनेछन् । विजेताले घोषित फिनालेमा बैंकक पुगेर ब्यान्डसहित प्रस्तुति दिनेछन् ।

युरोभिजनको मूल स्वरूप अनुसार प्रत्येक देशले आफ्नो प्रतिनिधित्व गर्ने मौलिक गीत प्रस्तुत गर्नेछन् । यसअघि कुनैपनि प्लाटफर्ममा नआएको र मौलिक गीतको प्रतिस्पर्धा यसमा हुनेछ । प्रतियोगितामा सहभागी देशले एकअर्कालाई मत दिने प्रणालीमार्फत विजेता चयन गरिनेछ । एसियाली संस्करणमा पनि दर्शक मत र निर्णायक समूहको संयोजनबाट विजेता तय गरिनेछ ।

७ दशकभन्दा बढी इतिहास बोकेको युरोभिजनले हरेक वर्ष करोडौं दर्शकलाई आकर्षित गर्दै आएको छ । अब एसियामा सुरु हुन लागेको यो संस्करणले यहाँको सांस्कृतिक विविधता, सिर्जनात्मकता र सांगीतिक पहिचानलाई विश्वमञ्चमा जोड्ने विश्वास आयोजकको छ ।

आयोजक संस्थाका अनुसार एसियाली संस्करणले करिब ६० करोडभन्दा बढी जनसंख्या प्रतिनिधित्व गर्ने बजारलाई जोड्नेछ । साथै, डिजिटल प्लेटफर्ममार्फत दर्शक सहभागिता र अन्तरक्रियालाई थप विस्तार गर्ने तयारी गरिएको छ ।

बैंककलाई होस्ट सिटीका रूपमा छनोट गर्नु पनि विशेष मानिएको छ । परम्परा र आधुनिकताको संगम मानिने यो शहरले अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने क्षमता राख्ने भएकाले युरोभिजन एसियाका लागि उपयुक्त स्थल ठहर गरिएको हो ।

युरोभिजन एसिया दीर्घकालीन परियोजनाका रूपमा अघि बढाइने बताइएको छ । हरेक वर्ष आयोजना हुँदै जाने यो प्रतिस्पर्धाले एसियाली संगीत उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?