+
+
Shares

सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक, के भयो छलफल ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा १८ चैतमा बसेको छ।
  • बैठकमा २० औँ अधिवेशनको पूर्वतयारी, उपाध्यक्ष र सभापतिको निर्वाचन, सदस्य विभाजन लगायत विषयमा छलफल भएको छ।
  • अध्यक्ष नारायण प्रसाद दाहालले सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिका अपेक्षा गरेको बताउनुभएको छ।

१८ चैत, काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो ।

बैठकमा भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, सभाको आगामी बैठकको कार्यसूची, सभामा सीट प्लान, सभाको प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन, समितिमा सदस्यहरुको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका माननीय सदस्यहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव लगायतको उपस्थिति रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?