News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने सुझाव दिएका छन्।
- उनले सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गर्न आग्रह गरे।
- साथै उनले भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
१९ चैत, काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने बताएका हुन् ।
‘सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोज्दै डोजर चलाउने चलनको अन्त्य गरियोस्,’ उनले भने, ‘ जनताको घर टहरा भत्काउनु हुँदैन । सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अगाडि बढाओस् भनेर भन्न चाहन्छु ।’
उनले भूमिहीनलाई लालपुर्जाको व्यवस्था गर्न पनि आग्रह गरे ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4