+
+
Shares

सरकारलाई हर्कले भने- वृद्धभत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्समा गरिएको निर्णय पुनर्विचार गरियोस्

राम्रोसँग अध्ययन नगरी हतारहतार सरकारले ल्याएका कार्यक्रमहरू लागु गर्न नहुने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रमसंस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
  • प्रतिनिधिसभाको बैठकमा उनले सरकारले हतारहतार ल्याएका कार्यक्रमहरू लागु नगर्न र सबै पक्षको सल्लाह लिएर अघि बढ्न सुझाव दिए।
  • उनले वृद्ध भत्ताको समय मापदण्ड फेरबदल गर्ने विषयमा सरकारले ध्यान दिएर अगाडि बढ्दा राम्रो हुने बताए।

९ चैत, काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

राम्रोसँग अध्ययन नगरी हतारहतार सरकारले ल्याएका कार्यक्रमहरू लागु गर्न नहुने उनले बताए ।

कुनै पनि निर्णय गर्नुअघि प्रतिपक्ष लगायत सबै पक्षको उचित सल्लाह लिएर सरकार अघि बढे निर्णय गर्दै पछि हट्नुपर्ने नियतिबाट सरकार बच्न सक्ने उनले बताए ।

उनले भने, ‘वृद्ध भत्ता, विद्यार्थी संगठन, ब्रिजकोर्स जस्ता सम्बन्धमा गरिएको निर्णय पुनर्विचार गरियोस् । वृद्ध भत्ता समयको मापदण्ड फेरबदल गर्ने कुरा आएको छ । कार्यसूचीमा त्यस्ता कुरामा सरकारले ध्यान दिएर अगाडि बढ्दा राम्रो हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?