News Summary
Generated by OK AI. Editorially reviewed.- कजारियाले एनएस क्वालिटी अवार्ड - २०२६ पाएको छ जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना पुष्टि गरेको छ।
- कम्पनीले वार्षिक ५.२ मिलियन वर्गमिटर उत्पादन क्षमतासहित नेपालमै टायल उद्योग सञ्चालन गरिरहेको छ।
- कजारियाले नेपालभर १ सयभन्दा बढी शोरूम विस्तार गरी ग्लेज्ड भिट्रिफाइड र सेरामिक वाल टायल उत्पादन गर्दै आएको छ।
१९ चैत, काठमाडौं । टायल उद्योगमा विश्वभर परिचित ब्रान्ड कजारियाले हालै एनएस क्वालिटी अवार्ड – २०२६ पाएको छ ।
यो अवार्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको भनाइ छ । ‘विश्वसनीय र विश्वस्तरीय टायल उत्पादनलाई यो अवार्डले पुष्टि गरेको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ । कजारियाले प्रतिष्ठित मान्यतासँगै अन्तर्राष्ट्रिय उपलब्धीमार्फत बजारमा आफ्नो स्थान मजबुत बनाउँदै लगेको छ ।
कम्पनीले उपभोक्ताको विश्वास र बजार नेतृत्व सशक्त बनाइरहने प्रतिबद्धता समेत जनाएको छ । ‘कजारिया विश्वका ८ औं ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ, जसले यसको विश्वव्यापी उपस्थिति र उत्पादन क्षमतालाई दर्शाउँछ’ जारी विज्ञप्तिमा कम्पनीले भनेको छ ‘कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता आईएसओ ९००१ : २०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्दछ ।’
त्यस्तै कम्पनी आईएसओ १४००१ : २०१५ बाट प्रमाणीकरण भइसकेको छ । हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषद् (आईजीबीसी) को सदस्य रहँदै आएको छ ।
कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको छ, जसको वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्गमिटर रहेको छ । यसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याइरहेको छ । अत्याधुनिक प्रविधि उपयोग गरिरहेको कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ।
‘हाम्रो यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट प्रेरित रहँदै आएको छ, यी मान्यताले हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछन्’ कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले भने, ‘नेतृत्वको सुदृढ विरासत र नवप्रवर्तन तथा दिगो भविष्यसहित कजारियाले विभिन्न बजारमा नयाँ मापदण्ड स्थापित गर्दै अगाडि बढिरहेको छ ।’
हाल कजारियाले नेपालभर १ सयभन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरेको जनाएको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०×१२० सेन्टिमिटर, ६०×६० सेन्टिमिटर, १९.५ ×१२० सेन्टिमिटर), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०×४० सेन्टिमिटर) तथा सेरामिक वाल टायल (३०×६० सेन्टिमिटर, ३०×४५ सेन्टिमिटर) समावेश छन् । ‘यी टायल पानी तथा दाग प्रतिरोधि, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्’ कम्पनीले भनेको छ ।
प्रतिक्रिया 4