+
+
Shares

‘५० प्रभावशाली महिला’ को सूचीमा परेपछि समीक्षा : यो उपलब्धि मलाई विश्वास गर्ने सबैको

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १६:४४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका समीक्षा अधिकारीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समावेश हुन पाउँदा खुसी र आभारी रहेको बताएकी छन्।
  • सोमबार आयोजित समारोहमा २०८२ सालका प्रभावशाली महिलालाई अवार्ड प्रदान गरिएको थियो।
  • समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अवार्ड पाएको फोटो सेयर गर्दै धन्यवाद व्यक्त गरेकी छन्।

काठमाडौं । गायिका समीक्षा अधिकारीले अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूचीमा समावेश हुन पाउँदा खुसी र आभारी रहेको बताएकी छन् । सोमबार आयोजित भव्य समारोहमा २०८२ सालका प्रभावशाली महिलालाई अवार्ड प्रदान गरिएको थियो ।

समीक्षा अवार्ड लिन आफै उपस्थित नभएपनि उनी निकटले अवार्ड लिएका थिए । आफूले अवार्ड पाएको अवार्ड र प्रमाणपत्र सामाजिक सञ्जालबाट सेयर गर्दै समीक्षाले खुसी जनाएकी हुन् ।

उनी लेख्छिन्, ‘५० प्रभावशाली महिला २०८२’ मा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी र गर्व लागेको छ । यो उपलब्धि केवल मेरो मात्र होइन, मलाई साथ र विश्वास गर्ने सम्पूर्ण सबैको हो । यस यात्रामा साथ दिने सबैप्रति हार्दिक धन्यवाद ।’

उनले फोटो सेयर गर्दै खुसी र आभारी रहेको बताएकी छन् ।

१९ वर्षको कलिलो उमेरमा स्टुडियो छिरेकी समीक्षा अहिलेकी चर्चित र लोकप्रिय गायिका हुन् । गायिका शान्तिश्री परियार, डान्सर आश्मा विश्वकर्मा, अभिनेत्री आशा गौतम पनि सूचीमा समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?