+
+
Shares

उपसभामुख निर्वाचन : राप्रपाकी लामाको पक्षमा ५ मत

मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई ५ मत मात्र प्राप्त भएको छ।
  • उनको विपक्षमा २१५ मत र तटस्थ ३७ मत खसेका छन्।
  • आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसद उपस्थित थिए।

२७ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन जारी छ । पहिलो चरणमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । उनको विपक्षमा २१५ र तटस्थ ३७ मत खसेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।

उपसभामुख पदको निर्वाचनमा २ जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो । उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पनि उम्मेदवारी परेको छ । उनलाई रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन छ । लामा राप्रपाको एकल उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?