News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार राधा ढुंगानालाई गाउँ पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित गरिएको छ।
- गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को २७औं साधारण सभा तथा १३औं अधिवेशनमा उक्त पुरस्कार प्रदान गरिएको हो।
- ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गरेकी छन् र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
२८ चैत, काठमाडौं । पत्रकार राधा ढुंगाना डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित भएकी छिन् ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को २७औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशनका अवसरमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।
भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाका अनुसार ग्रामीण तथा घरबास (होमस्टे) पर्यटनलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यममार्फत निरन्तर योगदान पुर्याएबापत ढुंगानालाई सम्मान गरिएको हो ।
गाउँ पर्यटनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गको नाममा स्थापना गरिएको उक्त पुरस्कार हरेक दुई वर्षमा यस क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । यस वर्ष ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गरेकी छिन् ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । पुरस्कार डा. प्रधानाङ्गले हस्तान्तरण गरेका थिए ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय ढुंगानाले सोलुखुम्बुको हिमाल एफ.एम.बाट सञ्चार यात्रा सुरु गरेकी थिइन् ।
प्रतिक्रिया 4