२९ चैत, जनकपुरधाम । धनुषा र सिरहाबीचमा बग्ने कमला नदीमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महम्मद आयन कमड रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
शनिबार पिकनिक गएका उनी गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नंं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले उनलाई आज बिहान करिब १० बजे फेला पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4